रास्वपाको नयाँ लाइन- कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने, मझदारमा नरहने (भिडिओ) – Nepal Press

रास्वपाको नयाँ लाइन- कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने, मझदारमा नरहने (भिडिओ)

शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको वैठकले निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा प्रतिपक्षमा बस्नेमध्ये एउटा विकल्प रोज्ने भएको छ । आज बसेको केन्द्रीय समिति वैठकले सत्ता पक्षमा रहेर समर्थन मात्रै गरिनरहने निर्णय लिएको हो ।

अहिले रास्वपाले सरकारलाई दिएको समर्थनलाई कायम राखेको छ, तर सरकारमा सामेल भएको छैन । अब कि सरकारमा जाने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने तत्कालीक निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए ।

‘सरकारमा नजाने भए सत्तापक्षमा बसिनरहने निर्णय भएको छ,’ उनले भने । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेमा एउटा निर्णय लिन संसदीय दल र केन्द्रीय समितिको संयुक्त वैठक आउँदो शुक्रबार बोलाइएको छ ।

बार्गेनिङका लागि समय लिन खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नलाई डा. ढकालले इन्कार गरे । सबैको धारणा लिएर मात्र निर्णय लिनुपर्ने हतार नगरिएको उनको भनाइ छ ।

आजको वैठकमा पार्टी सरकारमा जाँदा र नजाँदाको फाइदा–बेफाइदाहरुबारे केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर