नमस्ते पे को सीईओमा प्रविणराज पोखरेल नियुक्त – Nepal Press

नमस्ते पे को सीईओमा प्रविणराज पोखरेल नियुक्त

काठमाडौं । नमस्ते पे को प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेल नियुक्त भएका छन् ।

आइतबार नेपाल डिजिटल पेमेंट्स कम्पनीको सञ्चालक समितिद्वारा औपचारिक रूपमा पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरिएको हो ।

पोखरेलले अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटिच कम्पनीहरूमा २७ वर्ष भन्दाबढी काम, सफ्ट इन्टरनेशनल र एम नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।

उनले भने, ‘बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकविहीनहरूलाई पनि आधुनिक सेवाहरू उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्ने सेवामा रहेकाले व्यवसायिक कार्यसम्पादनमा सफलता प्रदान गर्न टोलीसँग काम गर्न म धेरै केन्द्रित हुनेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर