अमेरिकी साम्राज्यवादको खतरा बढेको भन्दै राजमोले गर्यो देशव्यापी अभियानको घोषणा

२०८० वैशाख १८ गते १३:४९

फाइल तस्बिर ।
काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको खतरा बढेको भन्दै जेठ १ गतेदेखि १५ दिनको देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।
राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमवार प्रेस वक्तव्य जारी गर्दै विभिन्न टोली बनाएर साम्राज्यवादविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने जनाएकी छन् ।
जेठ १ गते महेन्द्र नगर र बागलुङमा एकै पटक अभियानका उद्घाटन हुने र समान जेठ १५ गते काठमाडौं र बुटवलमा हुने वक्तव्यमा उल्लेख छ ।
त्यस क्रममा देशका विभिन्न जिल्ला र शहरमा पत्रकार सम्मेलन,सांस्कृतिक कार्यक्रम र सभाहरू योजना गरिने राजमोले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर