कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फिर्ता, भने- आमा बितेको अहिले थाहा भयो (भिडिओ) – Nepal Press

कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फिर्ता, भने- आमा बितेको अहिले थाहा भयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।

उनी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।

उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उनले पत्रकार सम्मेलनमा कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर