काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० वैशाख १६ गते १७:५६
![](https://www.nepalpress.com/wp-content/uploads/2023/04/pani-pareko-e1682770292821.jpg)
काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए ।
रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर