पुनः पानी परेपछि सुरु हुन सकेन खेल – Nepal Press

पुनः पानी परेपछि सुरु हुन सकेन खेल

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत पानी परेपछि अबरुद्ध बनेको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अझै सुरु हुन सकेको छैन ।

करिब एक घण्टा रोकिएको खेल केहिबेर पानी रहेपछि ४५ ओभरमा छोट्याइएको थियो र खेल १२ः १५ बजे सुरु हुने म्याच अफिसियलले जानकारी गराएका थिए । तर, पुनः पानी परेपछि खेल सुरु हुन सकेन ।

त्रिवि क्रिकेट मैदानमा २३.२ ओभर खेल सकिएपछि पानी परेर खेल रोकिएको थियो । नेपालले टस हारे पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । क्रजमा रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाएर खलिरहेका थिए ।

आजको खेल रद्द भए नेपाल समूह विजेताको हैसियतले सेमिफाइनल पुग्ने पक्का छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर