खेल रद्द भएपनि नेपाल फाइनल पुग्ने, फाइनलमा पानी परे के हुन्छ ? – Nepal Press

खेल रद्द भएपनि नेपाल फाइनल पुग्ने, फाइनलमा पानी परे के हुन्छ ?

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीच सेमिफाइनल खेल जारी छ ।

आजको खेलमा कुवेतलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ । मैदानभित्रको खेल रोमाञ्चक बनिरहँदा धुम्मिएको मौसमसँगै सबैको मनमा उब्जिएको प्रश्न पानी परेर खेल रद्द भए के हुन्छ ?

यदि आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले, समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

तर, नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै जति रनको लक्ष्य दिएपनि दोस्रो इनिङ हुन सकेन तर खेलको निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा मैदान खेल्न योग्य भयो भने सुपर ओरमा नतिजा लिइने छ ।

पहिलो सुपर ओभर टाई भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभर टाई भएको खण्डमा नेपाल समूह विजेता को हैसियतले फाइनल पुग्नेछ ।

फाइनलमा पनि यहि नियम लागू हुनेछ । यदि १८ गते पानि परेर टस पनि नभई खेल रद्द भए एक दिन फाइनलका लागि रिजर्भ राखिएको छ । रिजर्भमा पनि पानी परे सोही नियम लागू हुनेछ र, वरियताअनुसार जो माथि छ त्यहि टिमले एसिया कपमा स्थान बनाउने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर