पूर्वराजा शाह नेपालगन्जमा – Nepal Press

पूर्वराजा शाह नेपालगन्जमा

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ बाँकेको नेपालगञ्ज पुगेका छन् । उनीसँगै पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा पनि नेपालगञ्ज पुगेका छन् ।

उनलाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटालगायतले विमानस्थलमा स्वागत गरेका थिए । सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ । २० गते नेपालगञ्जमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर