समिर आचार्य र एलिना चौहानको स्वरमा ‘पानी पानी’ सार्वजनिक (भिडिओ) – Nepal Press

समिर आचार्य र एलिना चौहानको स्वरमा ‘पानी पानी’ सार्वजनिक (भिडिओ)

काठमाडौं । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा नयाँ म्युजिक भिडिओ ‘पानी पानी’ सार्वजनिक भएको छ । निर्देशन सँगसँगै अधिकारीले भिडिओमा पनि अभिनय गरेका छन ।

निर्देशकीय पक्ष समालेका अधिकारी डान्सर, मोडल तथा कोरियोग्राफर पनि हुन् । अधिकारीसहित भिडिओमा कलाकार आस्मा विश्वकर्मा र करिष्मा श्रेष्ठ फिचर्ड छन् ।

शुक्रबार नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडिओलाई आस्मा विश्वकर्मा आफैंले कोरियोग्राफी गरेकी हुन् । भिडिओमा त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । अधिकारीले भिडिओको अन्तमा ट्वीस्ट थपिदिएका छन् जसले भिडिओलाई थप रोमाञ्चक बनाएको छ ।

अधिकारीले अन्तमा बोलेको एक डाइलगले भिडिओको दोस्रो भाग पनि बन्न सक्ने छनक दिएको छ । सार्वजनिक गीतमा गायक समिर आचार्य र गायिका एलिना चौहानले स्वर दिएका छन् ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अभिरलले संगीत भरेका छन् । भिडिओमा टौवा क्रिएसनको पोष्टर डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर