अखिल क्रान्तिकारीद्वारा डिजिटल सदस्यता अभियान सुरु – Nepal Press

अखिल क्रान्तिकारीद्वारा डिजिटल सदस्यता अभियान सुरु

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अनलाइनमार्फत डिजिटल सदस्यता अभियान सुरु गरेको छ ।

आज काठमाडौंको नयाँ बानेश्वरस्थित एक कार्यक्रममा संगठनका सम्पूर्ण गतिविधिलाई आफ्नो वेब साइट www.annisurevolutionary.com मार्फत जानकारी गराउन र उक्त वेबसाइटबाट आफ्ना सदस्यहरुलाई अनलाइन सदस्यता प्रदान गर्नका लागि डिजिटल सदस्यता वितरण अभियान २०८० सञ्चालन सुरु गरेको हो ।

कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय संयोजक पवन कार्कीले आफ्नो सदस्यता अनलाइनमार्फत दर्ता गरी अभियानको उद्घाटन गरे । अब अखिल (क्रान्तिकारी) को सदस्य बन्न विद्यार्थीहरूले अनलाइन आवेदन गर्नु पर्नेछ । आवेदनपछि उनीहरूले डिजिटल क्युआर कोडमार्फत आफ्नो सदस्यता नं. सहितको डिजिटल कार्ड ईमेल मार्फत प्राप्त गर्नेछन् ।

यो अभियानबाट क्रान्तिकारीले दुई लाख सदस्यता वितरण गर्ने संगठनका प्रवक्ता उपदेश यादवले दाबी गरे । वेब साइट मार्फत संगठनका सम्पूर्ण गतिविधि सार्वजनिक गरिने छ भने सम्पूर्ण तहका कमिटी हरु केन्द्रिय समिति, प्रदेश समिति, राष्ट्रिय समिति ,जिल्ला समिति, स्थानीय तहका समिति, क्याम्पस सामिति र इकाई समितिहरुको विवरण पनि प्राप्त गर्न सकिने छ ।

जसका लागि क्रान्तिकारीको वेबसाइटमा जानुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर