कर्णालीमा मुख्यमन्त्रीको कार्यकाल मन्त्री उत्पादन गर्ने कारखाना बन्यो: यामलाल कँडेल – Nepal Press

कर्णालीमा मुख्यमन्त्रीको कार्यकाल मन्त्री उत्पादन गर्ने कारखाना बन्यो: यामलाल कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कांग्रेस-माओवादीबीचको गठबन्धन कुर्चीको गठबन्धनमा मात्रै सीमित रहने बताएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतसम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलको क्रममा कँडेलले गठबन्धनमा अरु केही नमिल्ने तर कुर्ची मिल्नेहरू गठबन्धनमा रहेर अघि बढिरहेको धारणा राखे ।

उनले भने, ‘यसबाट जनताले के आशा गर्न सक्छन् ?’

मुख्यमन्त्री शर्माले आफूहरुको सल्लाह नमानेको हुँदा तेस्रो पटक विश्वासको मत लिनुपरेको कँडेलको भनाइ थियो ।

‘एमालेको सल्लाह मानेको भए, तेस्रो पटक विश्वासको मत लिनुपर्दैनथ्यो होला । तर, उहाँ एकभित्र अनेक गरेर अर्कै बाटो समातेर अघि बढ्नुभयो ।’

मुख्यमन्त्री शर्माको सय दिने अवधि खासै आशालाग्दो नरहेको कँडेलले बताए । कर्णालीमा मुख्यमन्त्री शर्माको पहिलो कार्यकाल मन्त्री उत्पादन गर्ने कारखाना बनेको उनको भनाइ थियो ।

कँडेलले एमालेले विपक्षमा मतदान गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर