कांग्रेसको प्रष्टीकारण- कार्यविधि बन्दैमा अयोग्य लडाकुलाई सरकारले पैसा दिँदैन – Nepal Press

कांग्रेसको प्रष्टीकारण- कार्यविधि बन्दैमा अयोग्य लडाकुलाई सरकारले पैसा दिँदैन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कार्यविधि बन्दैमा अयोग्य लडाकुलाई पैसा दिनु नपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सर्वोच्च अदालतले नै द्वन्द्वको बेलामा अयोग्य लडाकु भनेर चिनिएका छन् । उनीहरुलाई कार्यविधि बनाएर राहत सुविधा दिनू भन्ने निर्णय छ। यतिबेला नै रकम वितरण गर्नु उपयुक्ति हो कि होइन सरकारले ध्यान दिनुपर्थ्यो। यसका बारेमा सरकारले रकम दिने वा नदिने भन्ने निर्णय गरेको छैन। गलत सुचना बाहिर आएको छ ।’

उनले हिजो मात्रै गृहबाट कार्यविधि पारित भएको बताउँदै कार्यविधि बन्दैमा पैसा दिनुपर्छ भन्ने नरहेको भन्दै सरकारले नदिन पनि सक्ने बताए । शान्तिप्रक्रियालाई टुंग्याउनेबारे गठबन्धनमा छलफल भएर विधेयक अघि बढिसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर