एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको ५ सयौँ जित, यस्तो सफलता हात पार्ने तेस्रो टोली – Nepal Press

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको ५ सयौँ जित, यस्तो सफलता हात पार्ने तेस्रो टोली

काठमाडौं । पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ सयौँ जित हात पारेको छ । न्युजिल्यान्डविरुद्ध जारी एकदिवसीय शृंखलाको पहिलो खेल जित जित्दै पाकिस्तानले यस्तो सफलता हात पारेको हो ।

पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ९४९ खेल खेलेको छ । यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिेकटमा भारत र अस्ट्रेलियाले मात्र कम्तिमा ५ सय जित हात पारेका थिए । हालसम्म अस्ट्रेलियाले ५९४ र भारतले ५३९ जित हात पारेका छन् ।

पाकिस्तानले सन् १९७३ देखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको हो । आफ्नो दोस्रो खेलमै उसले पहिलो जित हात पारेको थियो, इङ्ल्यान्डविरुद्ध । रावलपिन्डीमा बिहीबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ड्यारिल मिचेलको एक सय १३ रनको मदतमा २ सय ८९ रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानले ९ बल बाँकी रहँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। पाकिस्तानको जितमा फाखर जमानले १ सय १७, इमाम उल हकले ६०, बाबर आजमले ४९ र मोहम्मद रिजवानले ४२ रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर