१ हजार छात्रछात्रालाई एकसाथ छात्रवृति वितरण – Nepal Press

१ हजार छात्रछात्रालाई एकसाथ छात्रवृति वितरण

काठमाडौं । राउण्ड टेवल नेपालले देशभरका १ हजार छात्रछात्रालाई एकै साथ छात्रवृति वितरण गरेको छ ।

बुधबार काठमाडौं, विराटनगर, धनगढी, हेटौडा, वीरगञ्ज लगायत १२ वटा सहरमा कार्यक्रम आयोजना गरी राउण्ड टेवल नेपालले छात्रवृति वितरण गरेको जनाइएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिकास्थित जुनकिरी सामुदायिक विद्यालयमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले र विराटनगरमा मेयर नागेश कोइरालाले छात्रवृति प्रदान गरेको टेवल नेपालले जनाएको छ ।

त्यसैगरी, राउण्ड टेवलले कोशी प्रदेशका १४ वटा निजी एवं सामुदायीक विद्यालयका ९१ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको थियो । साथै कार्यक्रममा टेवलले छात्रवृति प्राप्त गरेका सबै छात्रछात्राहरुलाई व्याग वितरण गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर