रविन्द्र मिश्रले डा. शेखर कोइरालालाई किन भने खुच्युँ ? – Nepal Press

रविन्द्र मिश्रले डा. शेखर कोइरालालाई किन भने खुच्युँ ?

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले पूर्व अयोग्य लडाकुका नाममा पैसा बाँड्ने कार्यको सामाजिक सञ्जालमा विरोध गरेपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कडा टिप्पणी गरेका छन् । उनले कांग्रेस अग्रगमनका नाममा प्रचण्डपथमा हिँडेकाले यो स्थिति आएको बताए ।

डा. कोइरालाले हिजो फेसबुकमा स्टाटस लेख्दै सरकारको कदमप्रति विरोध जनाएका थिए । लेखेका थिए, ‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिउँ ।’

सो स्टाटसमा प्रतिक्रिया जनाउँदै मिश्रले आफूलाई कहिलेकाहीँ ‘ठीक्क पर्यो, खुच्चिङ’ भन्न मन लागेको बताएका छन् ।

डा. कोइरालाको स्टाटस सेयर गर्दै मिश्रले लेखेको ट्विट यस्तो छः
‘कहिलेकाहीँ त तपाईँहरूलाई ‘ठिक्क पर्यो।। खुच्चिङ’ भन्न मन लाग्छ । तपाईँहरू सब अग्रगमनको नाममा प्रचण्डपथमा हिँडिदिँदा, यो समाज र देशले दिर्घकालीन क्षति व्यहोर्न वाध्य हुनुपर्यो । अझै समय बाँकी छ । राम्रो भाष्य मिलाएर ’प्रचण्डपथ’ त्याग्दै ‘बीपीपथ’मा हिँड्नु भएन भने, तपाईँहरूको बर्बादी अझ तिब्र हुनेछ । तपाईँहरूको बर्बादी भन्दा पनि तपाईँहरूले अवलम्वन गरेको प्रचण्डपथले यो समाज र देशलाई पुर्याएको दिर्घकालीन हानीको चाहिँ बढी चिन्ता हो । कांग्रेसलाई बीपीपथमा फर्काउन सक्नुभयो भने देशको लागि त्यो ऐतिहासिक देन हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर