प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी कडायतलाई – Nepal Press

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी कडायतलाई

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुबेर कडायतलाई दिएको छ । उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि डीआइृजीपी कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

डीआईजी कडायत केही दिनअघिमात्रै डीआईजीमा बढुवा भएका थिए । कडायतले एसएसपी हुदाँ पनि केही समय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी पोषराज पोखरेलको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *