सडक विस्तारका लागि सिरहा बजारका घरमा नगरपालिकाको डोजर (तस्बिरहरू) – Nepal Press

सडक विस्तारका लागि सिरहा बजारका घरमा नगरपालिकाको डोजर (तस्बिरहरू)

जनकपुरधाम । सिरहा नगरपालिकाले सडक विस्तारका लागि बजार क्षेत्रमा मुख्य सडकका दुवैतिरका भवनहरू भत्काउन थालेको छ ।

डोजर चलेपछि बजारका अधिकांश पसल यतिबेला बन्द छन् । स्थानीयहरू आक्रोशित छन् । केहीले त अवरोधको प्रयास पनि गरे । तर, प्रहरी प्रशासनको अगाडि स्थानीयको केही चलेन । विकासका लागि आफ्नो मात्र होइन्, सबैको त क्षति भयो नी सोचेर धेरै परिवार मौन छन् ।

सिरहा सदरमुकाम १४ औं शताब्दीका राजा सलहेशको भूमि हो । सिरहा जिल्लाकै सबभन्दा पुरानो यो बजार राज्यको उदासिनताले विस्तार हुन सकेको थिएन । तर, अब सिरहा बजारको मुहार पनि फेरिने भएको छ ।

सडक क्षेत्र खाली गर्न पहिले सूचना जारी गरेको र अटेरी गरेपछि बाध्य भएर घरहरूमा डोजर लगाउनुपरेको त्यहाँका मेयर डा. नवीन यादवले बताए ।

उनले भने, ‘सडकको मध्यभागबाट दुवैतिर १५/१५ मिटर खाली गराउने निर्णय छ । सोहीअनुसार सडक क्षेत्र खाली गराएका छौं ।’

मेयर यादवले ठूलो रिक्स बोकेर डोजर चलाएको र अब उहाँ हिरो बन्ने कि जिरो अगामी कामले देखाउने स्थानीय शंकर साहले बताए ।

उनले भने, ‘यतिधेरै क्षति हुँदा पनि हामी केही भनेनौं । तर, सडक विस्तार भएन भने उहाँको राजनीति नै सकिन्छ । आगामी चुनावमा भोट माग्न आउँदा महिलाहरू झाडुले लखेट्छन् ।’

 


प्रतिक्रिया

One thought on “सडक विस्तारका लागि सिरहा बजारका घरमा नगरपालिकाको डोजर (तस्बिरहरू)

  1. यो धेरै नै राम्रो काम भएको छ।
    यो पल्ट पकै सिरहा नगरपालिकाको मुहार फेरीन्छ । मेयर डा. नबिन कुमार यादवले गरेको यो काम सहरानिय योग्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *