काठमाडौंमा आरजु चामल आउँदै – Nepal Press

काठमाडौंमा आरजु चामल आउँदै

काठमाडौं । नेपाली बजारमा आरजु ब्राण्डको चामल आउने भएको छ । केही समयपछि नेपालमा नै उत्पादन भएको धानबाट उत्पादिन आरजु चामल आउने भएको हो ।

मोरङ जिल्लामा रहेको आरजु राइस मिलबाट यो चमल उत्पादन भएको हो । सो कम्पनी वीरेन्द्रबहादुर बस्नेतले सञ्चालनमा ल्याएका हुन् । बस्नेतकी छोरी ‘आरजु’ का नाउँमा मिलको नामाकरण गरिएको कम्पनीले बताएको छ ।

‘नेपाली किसानद्वारा उत्पादित एवं प्रर्वद्धित आरजु ब्रान्डको लोकल लङ्ग ग्रेन र जिरा मसिनो चामल अब हाम्रै फ्याक्ट्री आउटलेट काठमाडौं पेप्सीकोलामा उपलब्ध छ,’ आरजु ब्राण्डको चामलले सामाजिक संजालमा विज्ञापन गरेको छ ।

केही समयमा नै बजारमा चामल आउने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर