सोमपालको दुई विकेटमा नेपाललाई चौथो सफलता, दबावमा कतार – Nepal Press

सोमपालको दुई विकेटमा नेपाललाई चौथो सफलता, दबावमा कतार

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध चौथो विकेट गुमाएसँगै कतार दबावमा परेको छ ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिरलाई बोल्ड आउट गरे ।

तानभिर १० बल खेल्दा शून्यमा आउट भए । यसअघि, उनले इमाल लियान्गेलाई बोल्ड गरेका थिए ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले पाओर प्लेको समाप्तिमा ४ विकेट गुमाएर ३२ रन बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर