बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर – Nepal Press

बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

काठमाडौं । अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ ।

बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँचाइ आयोजनाका लागि दिइएको छ ।

वृहत सरकारी सिँचाइ योजनाको सूचीमा रहेका यी आयोजनाको पुन:स्थापना तथा व्यवस्थापनका लागि बजेट रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । सरकारले खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरेर खर्च अपुग आयोजनामा हालिरहेको छ ।

करिब २ अर्ब रकम एउटा आयोजनाबाट अर्को आयोजनामा हालिएको छ ।


प्रतिक्रिया

One thought on “बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर

  1. गलत तरिकाले रकमाण्तर गरेर खर्च गर्नु हुदैन यदि रकमान्तर गर्न पर्ने भए सार्वजनिक सुचनापत्र मार्फत गर्नुपर्छ नत्र अपचल हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर