चट्याङ लागेर ताप्लेजुङमा ११ वर्षीय बालक मृत्यु, दुई घाइते – Nepal Press

चट्याङ लागेर ताप्लेजुङमा ११ वर्षीय बालक मृत्यु, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर