भारतलाई होच्याउने कार्टुन बनाएको भन्दै जर्मनी म्यागजिनको आलोचना – Nepal Press

भारतलाई होच्याउने कार्टुन बनाएको भन्दै जर्मनी म्यागजिनको आलोचना

काठमाडौ । जर्मनीको एक साप्ताहिक म्यागजिनले बनाएको एक कार्टुनलाई लिएर भारतमा व्यापक आलोचना भएको छ। जर्मनीको देर स्पिगेल नामक म्यागजिनले भारतले चीनलाई विश्वको एक नम्बर जनसंख्याको रूपमा उच्छिन्ने क्रममा रहेको संयुक्त राष्ट्रसंघको प्रक्षेपणबारेमा बनेको कार्टुन रेसिस्ट भएको भन्दै भारतीयहरुले आक्रोश पोखेका छन् ।

कार्टुनमा चीनको आकर्षक रेललाइ भारतको जतिसुकै भिड भएको पुरानो रेलले उछिनेको दृश्य देखाइएको छ। उक्त दृश्यको क्याप्सनमा भारतले चीनलाई जनसंख्यामा जितेको लेखिएको छ। भारतलाई होच्याउने भन्दै कार्टुनको भारतीय मन्त्री देखि मिडियाले आलोचना गरेका छन् ।

भारतको संघ सरकारका मन्त्री राजिव चन्द्रशेखरले कार्टुन रेसिस्ट भएको भन्दै केही वर्षमै मोदी नेतृत्वको भारतले जर्मनीको अर्थतन्त्रलाई जित्ने बताएका छन् । भारत अहिले विश्वको पाचौं ठूलो अर्थतन्त्र हो। अमेरिका, चीन, जापान र जर्मनी भारत भन्दा अगाडि छन् । केही वर्ष अगाडि मात्रै भारत आफ्नो पूर्व उपनिवेशक देश बेलायतलाई अर्थतन्त्रमा उछिनेर पाचौं ठूलो अर्थतन्त्र भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर