जिल्ला सभापतिका प्रत्याशीसहित पर्वतका ३१ कांग्रेसले पार्टी छाडे, रास्वपामा समाहित हुने तयारी – Nepal Press

जिल्ला सभापतिका प्रत्याशीसहित पर्वतका ३१ कांग्रेसले पार्टी छाडे, रास्वपामा समाहित हुने तयारी

पर्वत । नेपाली कांग्रेसका  पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

सुवेदी जिल्ला अधिवेशनमा गगन थापा पक्षबाट सभापति उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए । उनी नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् ।

उनीसँग जिल्ला कार्य समिति सदस्य किसान थापा,फलेबास नगरपालिकाका सचिव सागर भुसाल,प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल,नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत छन् । कांग्रेस परित्याग गरेका नेताहरु चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर