गृहमन्त्री श्रेष्ठले भने- ओलीविरुद्ध नाराबाजी गर्ने पहिचानवादी हुन्, अराजक गतिविधि गर्ने छुट कसैलाई छैन (भिडिओ) – Nepal Press

गृहमन्त्री श्रेष्ठले भने- ओलीविरुद्ध नाराबाजी गर्ने पहिचानवादी हुन्, अराजक गतिविधि गर्ने छुट कसैलाई छैन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कोशी नामकरणको विरोध गर्नेहरुको तर्फबाट प्रदर्शन भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षकै कार्यकर्ताले नाराबाजी गरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचानवादीले प्रदर्शन गरेको बताए ।

उनले भने, ‘पहिचानवादीको तर्फबाट कालो झण्डा प्रदर्शन गर्ने र अभद्र व्यवहारसहित कार्यक्रम हुन नदिन ढुंगामुढा भएको घटना दुःखद हो । त्यसप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा व्यक्त गर्छु ।’

विरोधमा उत्रिएकामध्ये एक जना नियन्त्रणमा लिएको र दुई जना घाइते भएको भन्दै गृहमन्त्री श्रेष्ठले प्रहरीले सकारात्मक भूमिकाको साथ काम गरेको बताए । अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसक्ने बताउँदै उनले संविधानअनुसार लोकतान्त्रिक विधिबाट आफ्नो कुरा राख्न सबैलाई छुट भएको स्पष्ट पारे ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री श्रेष्ठले भने- ओलीविरुद्ध नाराबाजी गर्ने पहिचानवादी हुन्, अराजक गतिविधि गर्ने छुट कसैलाई छैन (भिडिओ)

  1. पहिचानवादी होईनन । तिमीहरूले खटाएका गुण्डा हुन् । राज्यले कारवाही नगरे एमालेको युवा संघले तह लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर