घट्यो नेप्से, कारोबार रकम ८४ करोडमा खुम्चियो – Nepal Press

घट्यो नेप्से, कारोबार रकम ८४ करोडमा खुम्चियो

काठमाडौं । साताको चौथो कारोबारका दिन नेप्से ओरालो लगेको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन मंगलबारमात्रै १७.३६ अंकले बढेको बजारमा आज २५ लाख ७१ हजार २०२ कित्ता शेयरको खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, एनआईसी एसिया सिल्याक्ट फण्ड ३० र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक घाटामा भने सनराइज् ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, मानुसी लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यस्तै शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

आज उपसमूहतर्फ रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर