सानेपामा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको सम्झना (तस्बिरहरू/भिडिओ) – Nepal Press

सानेपामा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको सम्झना (तस्बिरहरू/भिडिओ)

काठमाडौं । नेकपा एमालेले मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरेका छन् ।

सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरे । सो अवसरमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

अधिकारीले २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका बेलामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू भएका थिए ।


प्रतिक्रिया

3 thoughts on “सानेपामा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको सम्झना (तस्बिरहरू/भिडिओ)

  1. कमरेडप्रति भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना ब्यक्त गर्दछाैँ ।

  2. स्व. मनमोहन अधिकारी प्रती भावपूर्ण श्रद्दासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर