वर्षा राउत लेख्छिन्- सम्झौता धेरै भयो, समाजभन्दा माथि मानसिक शान्ति रोज्दैछु – Nepal Press

वर्षा राउत लेख्छिन्- सम्झौता धेरै भयो, समाजभन्दा माथि मानसिक शान्ति रोज्दैछु

काठमाडौं । अभिनेत्री वर्षा राउतको निजी जीवनमा कुनै समस्या आएको हो ? उनले हिजो इन्स्टाग्राममा लेखेका शब्दहरुले यस्तै केही संकेत गर्छ ।

वर्षाले इन्स्टा स्टोरीमा एकैपटक चारवटा पोस्ट गरेकी थिइन् । पहिलो पोस्टमा उनले लेखेकी छन्, ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन् ।’

दोस्रो पोस्टमा उनले कालो ब्याकग्राउन्ड प्रयोग गरेकी छन् । त्यसमा लेखेकी छन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’

तेस्रो पोस्टमा पनि कालो ब्याकग्राउन्डमाथि वर्षा लेख्छिन्, ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

वर्षाका यी भावुक पोस्टहरुले उनका फ्यानहरुलाई चिन्तामा पारिदिएको छ । कतिपयले उनको दाम्पत्य सम्वन्धमा दरार आउन थालेको हो कि भन्ने पनि आशंका गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर