चरा ठोक्किएको भनेर भ्रम फैल्याउने फ्लाई दुवईका कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक – Nepal Press

चरा ठोक्किएको भनेर भ्रम फैल्याउने फ्लाई दुवईका कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं । विनाप्रमाण गलत सूचना फैल्याएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले फ्लाई दुवईका कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

गएराति ९ बजेर २० मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुवईको जहाजमा चरा ठोकिएको कम्पनीले भनेको थियो । काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा अस्वाभाविक आवाजसागै आगोको झिल्को देखेका थिए ।

विमानस्थल स्रोतकाअनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले फ्लाई दुबईले गलत सूचना प्रवाह गरेकाले फ्लाई दुबईका कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेश लगाएको बताए ।

उनले भने, ‘हुँदै नभएको गलत सूचना प्रवाह गरेकाले नै क्यानले कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो । नेपालको लागि कन्ट्री म्यानेजरसँग नै सम्पर्क हुने भएकोले नै प्रवेशमा रोक लगाएका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *