फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी – Nepal Press

फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी

काठमाडौं । फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ ।

जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जनकारी आएको र केहीबेरअघि सम्म ललितपुरको आकाशमा देखिएको बताए । जहाजमा १६७ यात्रु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर