लुम्बिनी वाणिज्य क्याम्पसमा रोकिएको अवस्थाबाट स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन उच्चको आदेश – Nepal Press

लुम्बिनी वाणिज्य क्याम्पसमा रोकिएको अवस्थाबाट स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन उच्चको आदेश

रूपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले विभिन्न बहानामा रोकिएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु निर्वाचनलाई रोकिएकै अवस्थाबाट नयाँ मिति तोकेर बाँकी काम अगाडि बढाउन अन्तरिम आदेश दिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकी बाँकी काम बढाउन लुम्बिनी वाणिज्य क्याम्पससमेत विपक्षीलाई अन्तरिम आदेश अदालतले दिएको हो ।

आदेशमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०७९ को दफा १२ (८) अनुसार निर्वाचन स्थगन हुँदा ३० दिनभित्रको मिति तोकी निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकोमा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख र निर्वाचन अधिकृतले संयुक्त रुपमा २०७९ फागुन २९ सूचना प्रकाशित गरी अर्को निर्वाचनको मिति नतोकी निर्वाचनका सम्पूर्ण कार्यहरु स्थगन गरेको देखिएको हुँदा उक्त निर्देशिका एवं सुविधा र सन्तुलनको दृष्टिले पनि यथासम्भव चाँडो निर्वाचन हुन उपयुक्त देखिँदा निर्वाचन हुने अर्को मिति तोकेर निर्वाचनसम्बन्धी बाँकी काम कारबाही अगाडि बढाउन भनिएको छ ।

विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ । मनोनयन दर्ता गर्ने अन्तिम समयमा सत्तारूढ दल निकट विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा ताला लगाएपछि निर्वाचनको सबै काम रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर