सन्दीपको मुद्दामा सुनुवाइ जारी, को-को छन् बहसमा ? – Nepal Press

सन्दीपको मुद्दामा सुनुवाइ जारी, को-को छन् बहसमा ?

काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनुवाइ थालिएको छ । सुरुमा वादी पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।

जाहेरीकर्ताका तर्फबाट दुईजना वरिष्ठ अधिवक्तासहित ५ जना वकिल छन् । वरिष्ठ अधिवक्ताद्वय शशि अधिकारी र सुनिता रेग्मीले बहसका लागि नाम लेखाएका छन् । थप ३ जना सरकारी वकिल छन् ।

प्रतिवादी तर्फबाट चारजना वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सविता भण्डारी र कृष्ण सापकोटा छन् । थप ५ जनासम्म अधिवक्ताले सन्दीपका तर्फबाट बहस गर्ने बुझिएको छ ।

बहस लम्बिनसक्ने भएकाले आजै फैसला आउने सम्भावना कम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर