चितवन २ को पहिलो अपडेट– रविसँग एमालेका न्यौपानेकोे झिनो अग्रता – Nepal Press

चितवन २ को पहिलो अपडेट– रविसँग एमालेका न्यौपानेकोे झिनो अग्रता

काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङकाे मतगणना भइरहेकाे छ । इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दाको यो रुझान् हो ।  यसअघिकाे स‌ंसदीय निर्वाचनमा  इच्छाकामना गाउँपालिकामा  एमालेले सबैभन्दा बढी भाेट ल्याएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर