सपूतको गीत ‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन स्मृति केन्द्रको माग – Nepal Press

सपूतको गीत ‘सकम्बरी’बाट ‘शिरिषको फूल’ उपन्याससँग जोडिएका दृश्यहरु हटाउन स्मृति केन्द्रको माग

काठमाडौं । गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै पारिजातद्वारा लिखित ‘शिरिषको फूल’की पात्र सकमबरीसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु संयोगमात्रै नभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र पुस्तकसमेत देखाउनुलाई संयोगमात्र मान्ने अवस्था देखिएन । यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्न यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ ।’

पारिजात स्वयं नारी सशक्तीकरणका लागि लडेको र महिलाको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतमा अप्रासंगिक रुपमा पुस्तक र पात्रहरुका नाम सकमबरी, सुयोगवीर प्रयोग गरिएकोप्रति आफूहरुको आपत्ति रहेको विज्ञप्तिमा उल्लेख छ ।

गीतले उपन्यासमाथि अन्याय गरेको र सपूतले क्षमायाचना गर्दै ‘शिरिषको फूल’सँग जोडिएका दृश्यहरु हटाउन माग गरिएको छ । दश दिनअघि सार्वजनिक सपूतको गीत ‘सकम्बरी’लाई अहिलेसम्म युट्युबमा १४ मिलियनले हेरेका छन् । गीत सार्वजनिक भएपछि महिलालाई वस्तुकरण गरिएको भन्दै उनको आलोचनासमेत भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर