इच्छाकामनाबाट चितवन २ को मतगणना सुरू हुँदै – Nepal Press

इच्छाकामनाबाट चितवन २ को मतगणना सुरू हुँदै

काठमाडौं । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सौहार्दपूर्ण ढंगले मतगणनालाई अगाडि बढाउने र जो विजय भए पनि सद्भाव कायम राख्ने बताए ।

‘चितवनको विकासका लागि हामी एक अर्कालाई साथ र सहयोग गर्ने हिसाबले गएका छौं,’ उनले भने, ‘अब नयाँ ढंगबाट अगाडि बढ्दैछौं ।’

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरूलाई कानूनी दायरामा ल्याउने कुरा भएको उल्लेख गरे । चितवनका विकासका लागि सबैजना मिलेर जाने सहमति भएको पनि उनले बताए ।

श्रेष्ठका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना गरिनेछ । सबै वडाहरूको अलगअलग गणना गर्ने सहमति भएको उनले जानकारी दिए ।

अघिल्लो संसदीय चुनावमा पनि इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो । त्यसबेला यस गाउँपालिकामा एमालेले अग्रता लिएको थियो भने रवि दोस्रो भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर