सन्दीपविरुद्धको मुद्दाको फैसला पेशीको सुनुवाइ सम्भावना बढी – Nepal Press

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशीको सुनुवाइ सम्भावना बढी

काठमाडौं । सन्दीप लामिछानेविद्धको मुद्दाको फैसलाका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा तोकिएको पेशीमा सुनुवाइको सम्भावना बढी देखिएको छ ।

प्रतिवादी र सरकारी दुवै पक्षले स्थगित नगरेपछि सुनुवाइ हुने देखिएको हो । न्यायाधीश दीपक ढकालको इजलासमा उक्त मुद्दाको पेशी चौथो नम्बरमा चढेको छ ।

अहिले २ नम्बरको मुद्दाको सुनुवाइ भइरहेको छ । यसअघि जाहेरवाला पक्षले बाँकी रहेका दुई जना सरकारी साक्षीको बकपत्र गर्न माग गरेपछि फैसलाको सुनुवाइ धकेलिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर