यस्तो छ कर्णाली सरकारको सय दिनको उपलब्धि (पूर्णपाठ) – Nepal Press

यस्तो छ कर्णाली सरकारको सय दिनको उपलब्धि (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकारको सय दिन पूरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गरेका छन् ।

आइतबार मुख्यमन्त्री शर्माले प्रदेश सरकारले सम्पादन गरेका प्रमुख कार्यहरु र उपलब्धिहरु सार्वजनिक गरेको हुन् ।

गत पुस २८ गते कर्णाली प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका शर्माले आन्तरिक मामिला तथा योजनाको वेबसाइटमा सरकारका ५५ बुँदे उपलब्धि सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को ८ वटा बैठकबाट २७ वटा निर्णय भएको छ । गत वर्षको तुलनामा यो वर्षको सोही अवधिको वित्तीय तथा भौतिक प्रगतिमा बढोत्तरी भएको उल्लेख गरिएको छ । ०७९ चैत मसान्तसम्म प्रदेश सरकारको कूल विनियोजित बजेट मध्ये चालु तर्फ ९२.९६ प्रतिशत र पूँजीगत तर्फ २२.१२ प्रतिशत गरी जम्मा २६.४७ प्रतिशत प्रगति भएको जनाइएको छ ।

आर्थिक वर्ष ०८०÷०८१ का लागि स्थानीय तहमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान र सवारी साधन कर (राजस्व बाँडफाँट) को अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराइएको छ ।

प्रदेश सरकार स्थापना भए देखि आर्थिक वर्ष २०७७÷०७८ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा कायम भएको बेरुजु रकम कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी बेरुजु अद्यावधिक गरिएको छ ।

साथै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट तर्जुमा समिति गठन गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाइएको छ ।

कर्णाली प्रदेशमा वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने सम्बन्धमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यसलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई निर्देशित गरिने जनाइएको छ । यस सम्बन्धमा तत्कालका लागि कर्णाली प्रदेशका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्यका लागि सफ्टवयेर प्रणाली स्थापना गर्ने कार्य प्रारम्भ भएको छ ।

प्रदेश अस्पतालको तला थप, जिल्ला कृषि कार्यालय रुकुम पश्चिमको भवन र अइरेनि सिचाई आयोजना जुम्ला गरी तीनवटा वहुवर्षीय आयोजना स्वीकृति गरिएको छ । मुगु र रुकुम पश्चिममा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुको साईट कार्यालय स्थापना गरिएको छ ।

मुगुको रारा, रुकुमको खारा, कालिकोटको पिलि, पचालझरना र त्रिवेणी पाटनको पर्यापर्यटकिय पूर्वाधार विकासको लागि वहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको छ । २ वटा टुर एण्ड ट्राभल एजेन्सी, २ वटा साहसिक पर्यटन र १२ वटा गाइड प्रमाणीकरण गरिएको छ ।

यस्तो छ सरकारको उपलब्धिको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर