विद्युत आपूर्तिको समस्या १५ दिनमा समाधान हुन्छ : कुलमान घिसिङ (भिडिओ) – Nepal Press

विद्युत आपूर्तिको समस्या १५ दिनमा समाधान हुन्छ : कुलमान घिसिङ (भिडिओ)

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन् ।

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन् । उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौत िगरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे ।

उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।

घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताएका थिए । उनले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताए ।

उनले गत वर्ष धेरै अपm्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताए । उनले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौती गरेको बताए ।

प्रबन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाए । उनले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी बताए । उनले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताए ।

उनले अहिले समस्या समाधान भइसकेको र शनिबारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गरे । उनले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताए । उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए ।

‘गत वर्षको भन्दा नेपाल विद्युत प्राधिकरण यो वर्ष राम्रो पोजिसनमा छौं । गत वर्ष प्राधिकरणलाई धेरै अप्ठ्यारो थियो । बाहिरबाट धेरै विद्युत आयात गर्नसक्ने अवस्थामा थिएनौं । नेपालमा विद्युत उत्पादन पनि धेरै बढेको अवस्था थिएन’, उनले भने, ‘तर यो वर्ष विगत केही समय देखि उद्योगी व्यवसायीहरुले धेरै लोडसेडिङ भयो भन्ने गुनासो गर्नुभएको छ । लोडिसेडिङ हुनुमा थोरै प्राविधिक विषयहरु रहेका छन् । पूर्वका उद्योगीहरुले ४ दिनदेखि गुनासो गर्नुभएको छ । एक हप्तादेखि पूर्वमा प्राविधिक समस्या पनि थियो । रुपमणि सबस्टेशनको ब्रेकर पड्कको हुनाले ब्रेकर परिवर्तन गर्दा एउटा सर्किट बाइपास गर्नुपर्यो । त्यहाँ १३२ केभीको दुईवटा मात्रै ढल्केवरबाट पूर्व जाने ट्रान्समिसन लाईन छ ।’

त्यसकारण दुई तीन दिन समस्या भएको र अहिले समाधान भएको उनले जानकारी दिए ।

विहार र कटैयाँबाट एउटा सर्किटबाट समय-समयमा ब्रेकरमा समस्या हुँदा अभरलोड भएर तार चुडिँदा समस्या भएको र अहिले ब्रेकर मर्मत भइसकेको भन्दै घिसिङले शनिबारदेखि सामान्य रहेको जानकारी दिए ।

विराटनगर औद्योगिक करिडोर क्षेत्रमा सबै उद्योगीहरुले नरमल रुपमा नै विद्युत पाइराखेको उल्लेख गर्दै उनले बिहान र बेलुकाको पिक समयमा पनि विद्युत पाइराखेको जनाए ।

बेलुकाको पिकमा विद्युत नपुग्ने तर पनि प्राधिकरण विद्युत दिइरहेको उनले बताए ।

काबेली करिडोरको प्राधिकरणसँग गत वर्ष यो समयमा जडित क्षेमता भनेको २ हजार मेगावट रहेको पानी धेरै परेको हुनाले सबै खोलाहरुमा राम्रो विद्युत उत्पादन भएको उनको भनाइ छ ।

जसका कारण गत वर्ष अप्रिलको अन्तिमसम्म राम्रो रहेको उनले उल्लेख गरे ।

‘यो वर्ष हिँउ र पानी दुवै नपरेको कारण विद्युत उत्पादन घटेको छ । समग्रमा सबै उत्पादन कम भएको छ । अहिले २५ देखि ३० प्रतिशत गत वर्षको तुलना घटेको छ’, उनले भने, ‘यो वर्ष विद्युत उत्पादन क्षेमता २७ सय मेगावाट पुगेको छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत १५ प्रतिशत पनि उत्पादन भएको छैन । यो वर्ष नै सबै भन्दा सुक्खा सिजन होला ।’

उनले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताए । उनले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताए । उनले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको बताए । उनले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए । उनले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गरे ।

प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताए । उनले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताए ।

उनले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताए । उनले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताए ।

उनले विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताए । उनले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताए । उनले सर्ट समयको लागि सुक्खाको कारण भएको समस्यालाई ठूलो समस्याका रुपमा लिन नहुने बताए ।

उनले उद्योगहरुले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताए । उनले उद्योगीहरुले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताए । उनले विद्युत माग अनुसार पाउनको लागि उद्योगहरुले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताए । जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर