रविले आचारसंहिता उल्लंघन गरेर मतदातालाई प्रभावित पारेको अनेरास्ववियुको आरोप – Nepal Press

रविले आचारसंहिता उल्लंघन गरेर मतदातालाई प्रभावित पारेको अनेरास्ववियुको आरोप

काठमाडौं । चितवन २ को उपनिर्वाचनको क्रममा भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा भएको घटनाप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । मतदान जारी रहेको बेलामा रास्वपाका उम्मेदवार रवि लामिछानेबाटै निर्वाचन आचारसंहिताविपरीतको गतिविधि भएको अनेरास्ववियुको ठम्याइ छ ।

अनेरास्वयुविका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी रास्वपा उम्मेदवार लामिछानेका समर्थकहरूले भरतपुर ११ स्थित नयाँ किरण मावि बुथमा र्‍यालीसहित निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारको पक्षमा नाराबाजी गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदातालाई प्रभावित पार्ने कार्य गरेपश्चात् अनेरास्ववियु चितवन जिल्ला कमिटी सह-संयोजक क. हरि आचार्य लगायतका स्वस्च्छ, निष्पक्ष, शान्तिपूर्ण मतदानका पक्षधरहरूले नाराबाजीसहित आएका उम्मेदवारलाई निर्वाचन आचारसंहिताका विषयमा सचेत र जानकारी गराउँदै गर्दा अनेरास्ववियु चितवन जिल्ला सह-संयोजक क. हरि आचार्यमाथि प्रहरी प्रशासने नै घाइते हुने गरी कुटपिट गरेकोप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।’

मतदानको समयमा प्रहरी प्रशासनकै सहयोगमा मतदानस्थलमा रहेका मतदाताप्रति भएको निन्दनीय कार्यप्रति अनेरास्ववियु चुप नबस्ने र जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन शान्तिपूर्वक र भयरहित ढंगले सम्पन्न गर्न गराउन गराउन प्रशासनलाई आग्रह गर्दै निर्वाचन आचारसहितालाई कडाईका साथ लागू गर्न अनेरास्ववियुले निर्वाचन आयोगसमक्ष माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर