भ्वाइस मेसेज पठाएर भोट मागेपछि गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण – Nepal Press

भ्वाइस मेसेज पठाएर भोट मागेपछि गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले तनहुँ १ का सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मौन अवधिमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको आरोपमा उम्मेदवार भट्टराईलाई स्पष्टीकरण सोधेको हो ।

आयोगका अनुगमन अधिकृतको कार्यालयले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

आयोगको अनुगमत अधिकृतले स्पष्टीकरणमा भनेका छन्, ‘वैशाख ७ गते राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने भनी जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतबार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर