वासिम र भृत्यको शतकमा सिंगापुरविरुद्ध विशाल योगफलतर्फ यूएई, ३६ ओभरको समाप्तिमै बनायो ३१४ रन – Nepal Press

वासिम र भृत्यको शतकमा सिंगापुरविरुद्ध विशाल योगफलतर्फ यूएई, ३६ ओभरको समाप्तिमै बनायो ३१४ रन

काठमाडौं । कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्द शतक बनाएसँगै यूएई जारी एसीसी प्रिमियर कपमा तुलनात्मक रुपमा कमजाेर टिम सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अघि बढेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेर आउट भए । आर्यान लाक्रा १२ रनमा आउट भएपछि क्रिजमा आएका भृत्य १०५ रन बनाएर खेलिरहेका छन् ।

उनलाई क्रिजमा आर्यन अफजल खानले साथ दिइरहेका छन् । ३५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३१४ रन बनाएको यूएईले ४ सय रन भन्दा माथिको योगफल बनाउने सम्भावना देखिएको छ ।

समूह बी अन्तर्गतको खेलमा यूएईले एकअघि दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ । सेमिफाइनल पुग्न यूएईलाई बाँकी खेल जित्दै शीर्ष दुईमा पर्नुपर्ने दबाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर