तनहुँ १ मा गठबन्धनका उम्मेदवार गोविन्दले हाले भोट – Nepal Press

तनहुँ १ मा गठबन्धनका उम्मेदवार गोविन्दले हाले भोट

तनहुँ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् ।

व्यास नगरपालिका-११ बेल्टारीस्थित तनहुँ आधारभूत प्राविको मतदान केन्द्रबाट उनले भोट हालेका हुन् ।

मतदानपछि उनले फेसबुकमा लेखेका छन्, ‘मैले मतदान गरेँ । तपाईं पनि आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।’

उनले तनहुँको विकासका लागि पहिले पनि तनहुँवासीकै साथमा रहेकाले रहिरहने प्रतिबद्धता जनाएका छन् ।

भट्टराईसँग एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् । खनाल र वाग्ले तनहुँ बाहिरका भएकाले उनीहरूले आफैंलाई मतदान गर्न पाउँदैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर