उर्जा कारोबारमा रुसले डलर र यूरो प्रयोग नगर्ने – Nepal Press

उर्जा कारोबारमा रुसले डलर र यूरो प्रयोग नगर्ने

काठमाडौं । रुसले आफ्नो उर्जा कारोबारमा डलर र यूरो प्रयोग नगर्ने भएको छ। रुसी उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले रसिया–१ टेलिभिजनसँग अन्तवार्ता दिदैँ यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री नोभाकले डलर र यूरोको प्रयोगको सट्टामा राष्ट्रिय मुद्रा प्रयोग गर्ने उल्लेख गरेका छन् । चीनसँग युआन र भारतसँग रुपैयाँमा उर्जा कारोबार हुने उपप्रधानमन्त्री नोभाकले बताएको रुसी सरकारी विश्व च्यानल आरटीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर