१४ कम्युनिष्ट योद्दालाई सम्मान गर्दै मनायो एमालेले पार्टी स्थापना दिवस (फोटो फिचर) – Nepal Press

१४ कम्युनिष्ट योद्दालाई सम्मान गर्दै मनायो एमालेले पार्टी स्थापना दिवस (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा देशको सबैभन्दा ठूलो कम्युनिष्ट घटक नेकपा एमालेले १४ जना अग्रज कम्युनिष्ट योद्दाहरुलाई सम्मान गर्दै लेनिन जयन्ती मनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रज योद्दाहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेमा स्याङ्जा पुतलीबजारका कृष्ण अधिकारी,चितवनका छबिलाल आचार्य,कैलालीका जीवनकुमार राई,मोरङका टेकवहादुर राई,डोटीका डिल्लीराज भट्ट, काभ्रे पनौतिका दलवहादुर श्रेष्ठ,सुनसरीका दलु छायाँ,धनुषा मिथिला विहारीका निरसन पासवान,सुर्खेतका बालकृष्ण बिसी,सुर्खेतकै बालाराम शर्मा, बागलुङका मोहनलाल शर्मा,अर्घाखाचीका लिलामणी ढुंगाना,सिरहाका शिवदयाल विश्वकर्मा,बुटवलका हरि ज्ञवाली छन् ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर