ध्रुवबहादुर प्रधान भन्छन्- राजसंस्था र हिन्दू राष्ट्रको मुद्दालाई राप्रपाले सदन र सडकबाट अझ सशक्त पार्छ(भिडिओ) – Nepal Press

ध्रुवबहादुर प्रधान भन्छन्- राजसंस्था र हिन्दू राष्ट्रको मुद्दालाई राप्रपाले सदन र सडकबाट अझ सशक्त पार्छ(भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् ।

उपाध्यक्ष प्रधानले राजासंस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दू धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे । नवलपरासीमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दू धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

पूर्वकानूनमन्त्री समेत रहेका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न, कानून निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भएपनि त्यसलाई ओझेलमा पार्ने प्रयास भइरहेको उनको गुनासो छ ।

उपाध्यक्ष प्रधानले भने, ‘सदनमा हिन्दू राष्ट्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेर गएका प्रतिनिधिसभाका सांसदहरुले उठाइरहेकै छन् । हामीले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको एजेण्डामात्रै राप्रपाको एजेन्डा हो भनेर अलिकति भ्रम जनतामा फैल्याउने गरिएको छ । ती नेपालका आत्मा हुन् ।’

उनले थपे, ‘राजसंस्था सधैँ मानिरहेको संस्था हो । सधैँ पालना गरिराखेको धर्म हो । अन्ततः सबैले आर्थिक आस्था भएको कुरो भन्छन्, गर्दछन् । राप्रपाले उठाएको भनेर चिन्ता लिनु पर्दैन । अरुले उठाए पनि हामीले त्यसलाई स्वागत नै गर्छौं । त्यो प्राप्ती भएपछि देश रहन्छ भन्ने हाम्रो मान्यता हो । यसलाई अझ दह्रो ढंगले उठाइरहन्छौं ।’

उपाध्यक्ष प्रधानले दुई वटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दाबी रहेको प्रष्ट्याए ।

उनले भने, ‘संसदीय समितिले हामीले हैसियत अनुसार भाग लिने हो । हामी प्रतिपक्षमा छौं । हाम्रो १४ वटा सीट हो । हामीबीच छलफल भएर सबै कुरो तय भईसकेको छ । हामी प्रत्येक समितिमा १० वटा समिति र ४ वटा अन्य जुन समिति छन । सबैमा हाम्रो सहभागिता हुने भइसकेको छ । हामीले प्रतिपक्षमा रहँदाखेरी यो सभापतित्व कसले पाउँछ ? भन्ने प्रश्न हो । त्यसमा हामीले माग गरेको २ वटा हो । अव दिँदैन भने त्यहाँ भोटिङ सिष्टम हो । त्यही अनुसार हुन्छ । सबैले दिए भने सभापति हुने हो । होइन भने हैसियत अनुसार सदस्य भएर रहने सुनिश्चित नै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर