एक महिनापछि पदम लिम्बूको अन्त्येष्टि गरिँदै, धरानदेखि विराटनगरसम्म शवयात्रा – Nepal Press

एक महिनापछि पदम लिम्बूको अन्त्येष्टि गरिँदै, धरानदेखि विराटनगरसम्म शवयात्रा

विराटनगर । प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को आज अन्त्यष्टि हुँदैछ । अन्त्येष्टिअघि धरान-इटहरी-विराटनगरसम्म शवयात्रासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । शवयात्रा र श्रद्धाञ्जलीसभा आयोजना गरिएको ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अब केहीबेरमै विराटनगरमा सभाको आयोजना हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए ।

बेलबारीमा रहेको किराँत राई यायोख्खाको धार्मिक वन क्षेत्रमा उनको तयारी रहेको किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए ।

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई मृत्यु भएका लिम्बूलाई सरकारले सहिद घोषणा गरेको छ । कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख राहत दिने निर्णय गरेको छ ।

पहिचान आधारमा प्रदेशको नाम राखिनुपर्ने र पहिचानको आधारमा प्रदेशको पुन: नामकरण हुनु पर्ने मागसहित गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका उनी घाइते भएका थिए । झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । चैत ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएका उनको १० गते मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर