झलनाथको प्रष्टोक्ति-तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं (भिडिओ) – Nepal Press

झलनाथको प्रष्टोक्ति-तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं (भिडिओ)

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको प्रष्ट्याएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका सम्मानित नेता खनालले सो कुरा बताएका हुन् । जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा खनालले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताए ।

आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको पनि उनले बताए ।

उपनिर्वाचनपछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा नेता खनालले नीति र र व्यवहारको आधारमा सरकारको भविष्य निर्धारण हुने बताए । वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको उनको भनाई थियो ।

देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने खनालले बताए । राष्ट्रियतामाथि संकट बढिरहेको उनको जिकिर छ ।


प्रतिक्रिया

One thought on “झलनाथको प्रष्टोक्ति-तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं (भिडिओ)

  1. एलले एकता गरे के नगरे के ? देशलाइ के अर्थ राख्छ र ? अर्थ न बर्थ गोबिन्द गाइ भनेको यहि हो | सर्प पालेर बसे नै ठी क हुन्छ | अब राजनीतिमा काम छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर