‘आई एम ट्वान्टी वान’ को प्रचार दौडाहामा चलचित्र टीम – Nepal Press

‘आई एम ट्वान्टी वान’ को प्रचार दौडाहामा चलचित्र टीम

बुटवल । आगामी २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ का अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले बुटवलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका छन् । चलचित्रको टीमले शुक्रबार बुटवलमा हस्पिटालिटी भेटघाट, तिलोत्तमा तथा क्षितिज कलेजका बिद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो र्‍याली, चिया भेट तथा पत्रकार भेटघाट गरेको थियो ।

यो चलचित्रको निर्देशक रेनशा राई राणाको निर्देशनमा बनेको हो । फिल्म चल्नु अगाडि नै दर्शकहरुसँग भेटघाट गर्न पाउँदा खुसी लागेको नायिक जसिता गुरुङले बताइन् बताईन् । दर्शकले चलचित्रलाई लिएर सकारात्मक विचार व्यक्त गरेको भन्दै आफू उत्साहित रहेको उनले सुनाइन् ।

‘सबै ठाउँमा भेटेका दर्शकले अत्यन्त मन पराइदिनू भएको छ, आशा छ हाम्रो फिल्म ‘आई एम ट्वान्टी वान’ लाई सपरिवारले हेरेर साथ दिनुहुनेछ’, नायक धिरज मगरले भने ।

नेपालमा पहिलो पटक नृत्यको विषयमा फिल्म बनेकाले दर्शकको एउटा कित्ता उत्साहित छ । ट्रेलर र गीत सार्वजनिकपछि कतिले बलिउड फिल्म ‘एबीसीडी’ सँग समेत दाँजेका छन् । दर्शकहरुलाई हलसम्म तान्ने यो गतिलो हतियार बन्न सक्छ । निर्देशक राईले डान्सको माध्यमबाट नेपाली युवापुस्ताको अव्यक्त सपना र रहरलाई फिल्ममा निकै गहन ढंगले देखाउन खोजेको बताएकी छन् ।

प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमलगायतको पनि अभिनय छ ।

फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । यस्तै, शनिबार फिल्म युनिट नेपालगञ्जस्थित क्यूएफएक्सको बागेश्वरी हलमा दर्शकसँग साक्षात्कार गर्नेछन् भने सोही क्रममा दाङमा समेत पत्रकार भेटघाट गर्ने कार्यक्रम तय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर