नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभा आज- प्रधानमन्त्री, माधव नेपाललगायतका नेता आउने – Nepal Press

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभा आज- प्रधानमन्त्री, माधव नेपाललगायतका नेता आउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ को वार्षिक केन्द्रीयसभा आयोजना गरिएको छ ।

महालक्ष्मीस्थान, ललितपुरस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा शनिवार दिनको ठिक २ बजे सुरू हुने सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने तय भएको छ। प्रचण्ड प्रतिष्ठानका संरक्षकसमेत हुन् ।

सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल विशेष आतिथ्यताका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।

२०७३ सालमा मा स्थापित प्रतिष्ठानले देशैभर शाखा विस्तार गरेको छ । सचिव शंकर दुलालका अनुसार नेपाली वाम-लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य हो ।

प्रतिष्ठानले वैज्ञानिक र रोजगामुलक क्षेत्रमा विशेष योगदान पुर्‍याउन बहुप्राविधिक शिक्षालयसमेत सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर