पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनावद्ध पहल गर्छौं : शंकर पोखरेल (भिडिओ) – Nepal Press

पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनावद्ध पहल गर्छौं : शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाइ विषयक अन्तक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन् ।

अहिलको चूनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिक तर्फ थ्रेसहोल्का कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले बताए ।

पोखरेलले एमालेका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुन सक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधीहरुको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने जिकिर गरे ।

त्यस्तै, उनले आधारभूत आवश्यकता पुरा भएका जमातलाई प्रमुख पार्टीबिरुद्ध भड्काउने प्रबृतिका कारण बैंकल्पीक भन्नेहरुले स्थान पाएको धारणा राखे ।

पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उदेश्यका साथ पार्टीलाई बािलयो बनाउदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर