कर्णाली प्रदेशमा एमालेको प्रमुख सचेतकमा टेकराज पछाई चयन – Nepal Press

कर्णाली प्रदेशमा एमालेको प्रमुख सचेतकमा टेकराज पछाई चयन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतकमा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाई चयन भएका छन् ।

नेकपा एमाले संसदीय दलकाे बिहीबार बसेको बैठकले पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकले सबैको सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरेको नेपाल प्रेसलाई जानकारी दिए ।

पछाई जुम्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर